arrow

युक्रेनमा रुसी आक्रमणविरुद्ध बोल्यो नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौं । सरकारले युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्रताको रूपमा मान्यता दिने रुसी कदमको विरोध गरेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुसी कदम संयुक्त राष्ट्रसंघीय बडापत्र विपरित भएको बताएको हो ।

'नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ, तनाव नबढाउन नेपालले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ', परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रले अघि भनेको छ, 'संयुक्त राष्ट्र संघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू पवित्र छन् र सबै सदस्य राष्ट्रहरूले यसलाई पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा राख्छ।'

युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत रहेको परराष्ट्रले जनाएको छ ।

'नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध बल प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ', विज्ञप्तिमा अघि लेखिएको छ ।

बिहीबार मात्रै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई युक्रेनमा 'बिशेष अपरेशन' गर्न आदेश दिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ