arrow

युक्रेनमा युद्ध चर्कियो : ५० रुसी सैनिक मारिए, ६ विमान ध्वस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
russia-ukraine.PNG

काठमाडौं । बिहीबार बिहानै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा आक्रमणको आदेश दिएसँगै युक्रेनसँग युद्ध चर्किएको छ ।

रुसले युक्रेन स्थित सैन्य पूर्वाधारहरू लक्षित गर्दै विभिन्न सहरमा हवाइ आक्रमण सुरु गरेको बताइएको छ । 

समाचार एजेन्सी एएफपीका अनुसार रुसी भुसेना युक्रेनमा पसिसकेका छन् भने, युक्रेनको दक्षिणी तटमा समेत रुसी सेना अवतरण भएको छ ।
 
युक्रेनी सेनाले ५० रुसी सेना मारिएको जनाएको छ । साथै पाँच रुसी लडाकु विमान र एक  एक हेलिकप्टर ध्वस्त गरेको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सले भने ५० रुसी सेना मारिएको र चार वटा ट्यांक ध्वस्त भएको जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ