arrow

युक्रेनी राष्ट्रपतिले फ्रान्ससँग मागे सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
russia-ukraine-attack.PNG

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न आह्वान गरेका छन् ।रुसीले युक्रनेमाथि आक्रमण गरेपछि उनले यस्तो आव्हान गरेका हुन् । 

बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् । उनले युरोपेली "एकता" को लागि पनि आह्वान गरेका छन् ।

त्यसै गरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको "समर्थन र ऐक्यबद्धता" को आश्वासन दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका छन्  ।

आदेश दिएसँगै युक्रेनसँग युद्ध चर्किएको छ ।

रुसले युक्रेन स्थित सैन्य पूर्वाधारहरू लक्षित गर्दै विभिन्न सहरमा हवाइ आक्रमण सुरु गरेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ