arrow

रुसी अर्बपतिहरूले ९ दिनमा ९० अर्ब डलर गुमाए

logo
एजेन्सी,
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
russian-billionaier.jpg

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए। बैठकमा कम्तीमा १३ अर्बपतिको उपस्थिति थियो। ‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन।’ वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतिले गुमाउनु पर्ने सम्भावित नोक्सानबारे अप्रत्यक्ष रूपमा सङ्केत गरेका थिए।

हो, पुटिनको हमलाले युक्रेनमा विनाश मात्रै गरेको छैन, यसले विश्वभरका बजारहरूलाई अस्थिर बनाएको छ। यसले उनका आफ्नै सहयोगीको भाग्यमा समेत असर गरेको छ।

राष्ट्रपति पुटिनले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि देशको शेयर बजार र रुबलमा गिरावट आएपछि रुसका अर्बपतिहरूको अर्बौँ डलर गुमेको छ।

पछिल्लो ९ दिनमा रुसका ११६ अर्बपतिहरूले ९० अर्ब डलर गुमाएको फोब्सको अनुमान छ। त्यो मध्ये ३९ अर्ब डलर बिहीबार स्वाहा भएको थियो। रुसको मोएक्स सूचाकांङ्क ३३ प्रतिशतले झरेपछि र रुबलको मूल्य डलरको तुलनामा निकै गिरावट आएपछि रुसी उद्योगपतिहरूले ठुलो मूल्य चुकाएका हुन्।

प्रतिबन्धहरूको जोखिम अर्ब पती कुलीन वर्गको सानो सर्कल भन्दा बाहिर फैलिएको छ। अमेरिका, बेलायत र युरोपेली युनियन लक्षित व्यवसायहरूले रुसी अर्ब पतीलाई अझै नोक्सान पुग्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ