arrow

युक्रेनको राजधानीमा घुसे रुसी सेना, राष्ट्रपतिद्वारा सहयोगको याचना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
ukrain-russia-kivy-attack.PNG

काठमाडौं । रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन शुक्रवार राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ ।

सैन्य सुविधाहरूमा मात्रै आक्रमण गरिरहेको भने पनि रुसले ३० भन्दा बढी नागरिक रहेको क्षेत्रहरूमा बम बारी गरेको युक्रेनले जनाएको छ ।

रुसले युक्रेनका विभिन्न शहरहरुमा आक्रमण गरिरहेका बेला १ लाख भन्दा बढी नागरिकले देश छोडेर युरोपेली मुलुकहरूतिर शरण माग्न पुगेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोका पूर्वी युरोपेली सदस्यहरूबाट रक्षा सहायता लिन र रुसलाई वार्ताको टेबुलमा ल्याउन मद्दत गर्न आफ्नो पोल्यान्डका समकक्षी एन्ड्रेज डुडासँग वार्ता गरेको बताएका छन् ।

'हामीलाई युद्ध विरोधी गठबन्धन चाहिएको छ', युक्रेनी राष्ट्रपतिले ट्वीट गर्दै भनेका छन् ।

कीभ नेटोको पूर्ण सदस्य नभए पनि सहयोगी हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ