arrow

प्रचण्डसँग छेपारो हार्छ : गोकुल बास्कोटा

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
GOKUL-B.jpg

हेटौंडा । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा हेटौंडा पुगेका छन् । शुक्रबार साझ हेटौंडामा संचारकर्मीहरुसँग उनले अहिलेको गठबन्धनको सरकारले दोहोरो चरित्र देखाएको बताए । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे बोल्दै उनले गठबन्धनको सरकारले अन्तिम सम्झौतामा पनि हस्ताक्षर आफैंले गरी सडकमा पनि आफ्नै कार्यकर्ता उतारेको आरोप बताए ।

उनले एमसीसीलाई च्याँखे बनाएर सरकारमा नजाने बताए । उनले एमसीसी परियोजनाको विषयमा एमालेको स्पष्ट धारणा रहेको बताउँदै पास गराउने वा फेल गराउने सत्तारुढ गठबन्धनको हातमा रहेको बताए ।

उनले भने, ‘अहिले संसदलाई बन्दी बनाउने काम सत्तापक्षबाटै भइरहेको छ । सत्तामा रहेकाहरुले दोहोरो चरित्र देखाइरहेका छन् । १५ गते के हुन्छ भन्ने कुरो सत्तारुढ दलको व्यवहारमा निर्भर रहन्छ ।’ 

सत्ताबाट संरक्षितहरुबाट एमसीसीको नाममा वितण्डा मच्चाउने काम भइरहेको उनले आरोप लगाए । उनले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हजार जिब्रा भएका शेष नागलेसमेत क्षमता विश्लेषण गर्न नसक्ने भन्दै कटाक्ष गरे । उनले भने, ‘प्रचण्ड र छेपारोबीच रङ्ग बदल्ने प्रतिस्पर्धा भयो भने छेपारो हार्छ प्रचण्डले जित्छन् ।’

उनले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घाँटीमा गलगाँडहरु झुण्डिएको भन्दै त्यसलाई फाल्ने या आजीवन बोकेर दुःख पाउने त्यो देउवाकै विवेकमा रहेको भन्दै सरकारको आलोचना गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ