arrow

बेँसीशहर-चामे सडक १५ दिन बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
jajarkot-sadak.jpg
फाइल तस्वीर

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीशहर-चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयका सव इन्जिनियर हरि श्रेष्ठले बताए ।

मनाङको नासोँ गाउँपालिका वडा नं ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो । त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । 

पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो । त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरी समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण सुरु गर्न लागेको उनको भनाइ छ । 

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप वि.सं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीशहर चामे सडक निर्माण अघि बढाएको थियो । सो सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ