arrow

लगाचार चौथो दिन युक्रेनमा रुसी आक्रमण, दुई सयको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
russia-ukraine-war.PNG
तस्बिर– फाइल

काठमाडौं । रुसले लगातार चौथो दिनदेखि युक्रेनमा आक्रमण जारी राखेको छ । अहिलेसम्म १९८ जनाको मृत्यु भएको बताइएको छ । जसमा ३३ बालबालिका हुन् । 

रुसी आक्रामणमा परेर झण्डै १२ सयको संख्यामा घाइते भएका छन् । आक्रमणका कारण चेर्नोबिल न्यूक्लियर प्लान्टमा रेडियशनको खतरा २० गुणा बढेको छ । स्थिति अझै गम्भीर नभइसकेको पनि बताइन्छ । 

रुसी सैनिकले खार्किबमा ग्यास पाइपलाइन उडाइदिएका छन् । त्यस्तै बार्सिलकीवमा गोलीबारीबाट पेट्रोलियम बेसमा आगलागी भएको छ । 

रुसी सेनाले युक्रेनको राजधानी किभलाई बढी आक्रमणको निशाना बनाएका छन् । उत्तर पूर्वी शहर खार्कीव र दक्षिणी शहर खेर्सोनमा सबैभन्दा कठिन सामना गर्नुपरेको छ । 

यी तीनै शहरमा रुसी सेनाले टक्कर दिइरहेको छ । अहिलेसम्म डेढ लाख बढी युक्रेनी शरणार्थीहरु पोल्याण्ड, मोल्दोभा र रोमानिया पुगिसकेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ