arrow

'अमेरिकी र युरोपेली प्रतिबन्धको असरबाट रूसलाई चीनले बचाउन सक्ने छैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
usa-whitehouse-.jpg

काठमाडौं। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिका र युरोपेली प्रतिबन्धका कारण रुसमाथिको क्षतीलाई  चीनले बचाउन नसक्ने बताएकी छन् ।

बिहीबार ह्वाइट हाउसमा बोल्दै उनले भनेकी छन्, उनीहरू (चीन) ले युरोपसँगको समन्वयमा घोषणा गरिएका प्रतिबन्धहरूको प्रभावलाई कभर गर्न सक्दैनन् ।'

रुसले अहिले युक्रेनको राजधानी लगायत कयौं सहरमा आक्रमण गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालेको यो कदमविरुद्ध पूरै विश्व एकजुट भएको छ ।

रुसविरुद्ध थुप्रै युरोपेली मुलुक र अमेरिकाले विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ