arrow

सीमा विस्तार गर्न चीनले 'सांस्कृतिक विनियोजन' प्रयोग गरिरहेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
china-xi-jingping.jpeg

काठमाडौं । चीनले आफ्नो नरम शक्ति र क्षेत्रीय दाबीलाई बलियो बनाउन सांस्कृतिक विनियोजनका रणनीतिहरु प्रयोग गरिरहेको पाइएको छ ।

दक्षिणपूर्वी एसियामा चीनले सैन्य बल प्रयोगको सट्टा आफ्नो कन्फ्युसियस इन्स्टिच्युटहरू (सीआई) स्थापना गरी नरम सीमानाहरू विस्तार गरिरहेको ग्लोबल स्ट्र्याट भ्यूले जनाएको छ ।

जब कसैले आफ्नो संस्कृति छोडेर अर्को संस्कृतिको फेसन, प्रतिमा, विचार, वा शैलीहरू अपनाउँछ यसलाई सांस्कृतिक विनियोजन भनिन्छ ।

हालै बेइजिङ सम्पन्न शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा एक चिनियाँ युवतीले कोरियाली हानबोक जस्तो देखिने पोशाक लगाएको देखिएपछि सांस्कृतिक विनियोजनको मुद्दा फेरि उठेको थियो ।

यस बिषयमा दक्षिण कोरियाको सत्तारुढ दलकी सांसद ली सो-यंगले 'चीनले कोरियाली संस्कृतिलाई आफ्नै जस्तै गरी समावेश गरेको यो पहिलो पटक नभएको' बताएको उक्त रिपोर्टले उल्लेख गरेको छ ।

उनले वर्तमान परिस्थितिका कारण कोरियाली जनताको चीन विरोधी भावना खतरनाक तहमा बढ्दै गएमा चीनसँगको भावी वार्ताका लागि ठूलो बाधक हुने समेत बताएकी छन् ।

भियतनाम र फिलिपिन्स पनि चीनको यो रणनीतिको चपेटामा परेका छन् । 

सन् २०१९ मा 'घृणित' नामक फिल्मले दक्षिण चीन सागर, भियतनाम, फिलिपिन्स, चीन, ब्रुनाई, ताइवान र मलेसियाले साझा गरेको विवादित क्षेत्र चीनको दाबीलाई समर्थन गर्ने नक्सा समावेश गरेको दृश्य देखाइएको थियो।

भियतनाम, मलेसिया र फिलिपिन्सले आ–आफ्ना देशमा उक्त चलचित्रमा प्रतिबन्ध लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ