arrow

रुसी आक्रमणले इन्टरनेट अवरुद्ध हुँदा मस्कले भने - युक्रेनमा स्टारलिंक उपलब्ध छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
elon-musk-ukraine.PNG

काठमाडौं । स्पेसएक्सका अर्बपति एलन मस्कले उनको कम्पनीको स्याटेलाइट ब्रोडब्यान्ड सेवा युक्रेनमा उपलब्ध भएको बताएका छन् । रुसी आक्रमणका कारण इन्टनरेट सेवा अवरुद्ध भएको युक्रेनमा थप टर्मिनलहरूसमेत पठाइरहेको मस्कले जानकारी दिएका छन् ।

‘स्टारलिंक सेवा अब युक्रेनमा सक्रिय छ। थप टर्मिनलहरू आउने क्रममा छन्', मस्कले ट्वीटमा लेखेका छन् ।

युक्रेन सरकारका एक अधिकारीले त्यहाँ स्टारलिंक स्टेशनहरू उपलब्ध गराउन आग्रह गर्दै गरेको ट्विटको जवाफ मस्कले दिएका हुन् ।

त्यसअघि मस्कलाई मेन्सन गर्दै युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले ट्वीटमा लेखेका थिए, 'तपाईं मंगल ग्रहलाई उपनिवेश बनाउने प्रयास गर्नुहुन्छ __रूसले युक्रेन कब्जा गर्ने प्रयास गर्छ ! तपाईंको रकेटहरू सफलतापूर्वक अन्तरिक्षबाट अवतरण गर्दा __ रूसी रकेटहरूले युक्रेनी नागरिकहरूलाई आक्रमण गरे ! युक्रेनलाई स्टारलिंक स्टेशनहरू प्रदान गर्न हामी तपाईंलाई आग्रह गर्छाैं ।'

रूसी आक्रमणबाट विशेष गरी युक्रेनको दक्षिणी र पूर्वी भागहरूमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

अन्तरिक्षमा तैनाथ गर्न निकै महँगो भए पनि, स्याटेलाइट टेक्नोलोजीले फाइबर अप्टिक केबलहरू र सेल टावरहरू नपुगेका ग्रामीण वा सेवा गर्न गाह्रो ठाउँहरूमा बस्ने मानिसहरूलाई इन्टरनेट उपलब्ध गराउन सक्छ। आँधी वा अन्य प्राकृतिक प्रकोपले सञ्चारमा बाधा पुर्‍याउँदा समेत स्याटेलाइट प्रविधिको इन्टनरेट महत्वपूर्ण ब्याकस्टप बन्नसक्छ ।

मस्कले जनवरी १५ मा १४६९ स्टारलिंक स्याटेलाइट अन्तरिक्षमा सक्रिय रहेको र थप २७२ पठाउने तयारी भइरहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ