arrow

युक्रेनको दोस्रो ठूलो शहरमा घुसे रुसी सेना, सडकमा भीषण लडाइँ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
russia-attack-ukraine.PNG

काठमाडौं। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसी सेना घुसेसँगै त्यहाँका सडहरुमा युक्रेनी सैनिकसँग भीषण लडाइँ भइरहेको छ ।

खार्किभ क्षेत्रीय राज्य प्रशासनका प्रमुखले आइतबार रुसी सेना त्यहाँ प्रवेश गरेको र लडाइँ भइरहेको पुष्टि गर्दै घरबाहिर नआउन आग्रह गरेका छन् ।

युक्रेनी सहरहरुमा रुसी सेना कम संख्या र कम सैन्य उपकरणसहित आइरहदा युक्रेनी सेनाले लडाइँमा आफ्नो स्थिती मजबुत बनाइरहेको अलजजिराले जनाएको छ ।

यसअघि युक्रेनको राजधानी किभ नजिकै भासिल्किभमा एक तेल सुविधामा मिसाइल प्रहार गरिएको थियो । सोबाट खतरनाक धुँवा आउनसक्ने भन्दै सो क्षेत्रका मानिसहरुलाई झ्याल, ढोकालगाउन र घरबाहिर नआउन भनिभएको छ ।

रुसी सेना अघि बढेपछि कीभका मानिसहरू आश्रय खोजिरहेका छन्। मानवीय मामिला समन्वयको लागी संयुक्त राष्ट्रसंघीय कार्यालयले युक्रेनमा २४० सर्वसाधरण मारिएको जनाएको छ ।

यसबीच पश्चिमले केही रुसी बैंकहरूलाई स्विफ्ट अन्तरबैंक भुक्तानीबाट कटौती गर्ने गर्नेलगायतका थप प्रतिबन्धहरूको घोषणा गरेको छ । 

यस्तै पश्चिमी राष्ट्रहरूले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने प्रतिवद्धता समेत गरिरहेका छन् ।

युक्रेनका राष्ट्रपतिले आफ्नो देशको सेनाले 'शत्रुको आक्रमणलाई सफलतापूर्वक प्रतिकार गरेको' बताएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म १ लाख ५० हजार भन्दा बढी युक्रेनीहरूले देश छोडेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ