arrow

त्रिचालीस सय रुसी सेना मारिएकाे युक्रेनकाे दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
ukraine-attack-russia.jpeg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै चलेको युद्धमा अहिलेसम्म करिब ४ हजार ३ सय रुसी सेना मारिएको युक्रेनी अधिकारीले जनाएका छन् ।

युक्रेनकी उपरक्षा मन्त्री हन्ना मल्यारले एक फेसबुक पोस्टमार्फत युद्धका क्रममा ४३०० रुसी सेना मारिएको बताएकी हुन् ।

यस्तै उनले अहिलेसम्म युक्रेनले २७ विमान, २६ हेलिकप्टर, १४६ ट्यांक्स, ७०६ बख्तरबंद गाडी, ४९ तोपलगायतका रुसी सैन्य हतियारहरु नष्ट गरेको दाबी गरेकी छन् ।

उनले यो संख्या तलमाथि हुनसक्ने भन्दै गरेको दाबीलाई अन्य स्रोतले भने पुष्टि गर्न सकेको छैन् ।

पछिल्लो समय रुसी सेना युक्रेनको राजधानी किभ र अर्काे ठूलो सहर खार्किभमा घुसेका छन् । यद्यपि, आफ्नो सेनाको स्थिती मजबुत रहेको दुवै सहरहरु आफ्नै नियन्त्रणमा रहेको युक्रेनले दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ