arrow

भायनेटले ल्यायो मासिक ८०० रुपैयाँमा ७५ एमबीपीएसकाे इन्टरनेट र टीभी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
MiniPack 1280 x 720 thumbnail.jpg

काठमाडौं । भायानेटले भायाटीभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । जस अनुसार अब, ग्राहकहरूले मासिक ८०० रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन र निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् ।

भायनेटले सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी यो मिनी प्याक ल्याएको जनाएको छ । यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक टीभी च्यानलहरू दुवैको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । भायाटीभी द्वारा ग्राहकहरुले १७५+ च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्नेछन् । 

यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि ८०० रुपैयाँ प्रति महिनामा यो अफरको मज्जा लिन सक्नेछन् ।

यसबाहेक भायाटीभी को सेट–उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टीभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन् । मिनी प्याकका सब्स्क्राइबर हरूले भायाटीभी को सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटीभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटीभीको सुविधाहरू लिन सक्नेछ्न् ।

उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको जनाएको छ । अल्ट्रा–फाई प्याक को मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायाटीभी हरू पनि उपलब्ध छन् । यसको मूल्य मात्र १२५० रुपैयाँ प्रति महिना रहेको कम्पनीले जनाएको छ ।

मिनी प्याक मार्फत भायनेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने अपेक्षा राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ