arrow

पुटिनले राखे परमाणु सेनालाई उच्च सतर्कतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
reuters-photputin-o.PNG

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला रुसी राष्ट्रपति पुटिनले आणविक प्रतिरोधात्मक बललाई उच्च शर्तकतामा राखेकाे बताएका छन्। आणविक प्रतिरोधात्मक बल रुसी आणविक (परमाणु) हतियार चलाउने सैन्य युनिट समेत हो। नेटोका नेताहरूले आक्रामक बयान र मस्को विरुद्ध आर्थिक प्रतिबन्धहरू लागेको भन्दै पुटिनले आणविक युनिटलाई सर्तकतामा राखेको जनाएको छ।

राष्ट्रिय टेलिभिजनमा बोल्दै पुटिनले प्रतिबन्ध मात्रै नभएर प्रमुख नेटो देशका शीर्ष अधिकारीहरूले समेत आफूहरुलाई आक्रामक बयान गर्न अनुमति दिएको बताएका छन्। पुटिनले आणविक हतियारको बिषय उठाएसँगै अमेरिकाले यो पूर्ण रूपमा अस्वीकार्य कदम भएको बताएको छ।

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले सीबीएस न्यूजसँगको अन्तर्वार्तामा बोल्दै पुटिनको यो कदम “अस्वीकार्य” भएको बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ