arrow

युक्रेन रुसी प्रतिनिधिमण्डलसँग बेलारुसी सीमामा भेट्न तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
putin-alexendr-vlodymir.PNG

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले आफ्नो देशको प्रतिनिधिमण्डल बेलारुस सीमा रुसी प्रतिनिधिमण्डलसँग भेट्न तयार रहेको बताएका छन्। बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोसँगको कुराकानीपछि उनले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

'हामी सहमत भयौँ कि युक्रेनी प्रतिनिधिमण्डलले रुसी प्रतिनिधिमण्डलसँग युक्रेनी(बेलारूसी सीमा, प्रिप्याट नदी नजिकै पूर्व शर्त बिना नै भेट्नेछ', विज्ञप्तिमा उल्लेख छ।

'युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फिर्ताको बेलासम्म बेलारूसी भूभागमा राखिएका सबै विमान, हेलिकप्टर र मिसाइलहरू जमिनमा नै रहने सुनिश्चित गर्ने जिम्मेवारी अलेक्जेन्डर लुकाशेन्कोले लिएका छन्।'

यसअघि रुसले बेलारुसी भूमि नै प्रयोग गरेर युक्रेनमाथि आक्रमण गरेका कारण जेलेन्स्कीले सो भूभागमा रुसी प्रतिनिधिमण्डललाई भेट्न नसक्ने बताएका थिए। यद्यपि, अहिलेसम्म रुस र बेलारुसले सम्भावित वार्ताको बारेमा कुनै बयान जारी गरेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ