arrow

पाँचौं दिनमा रुस–युक्रेन युद्धः ३५२ को मृत्यु, १६ सय ८४ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
ukraine-civilian.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गर्न थालेको आज पाँचौं दिन । रुसी आक्रमणमा अहिलेसम्म ३५२ जनाको मृत्यु भइसकेको छ । जसमा १४ बालबालिका पनि हुन् । 

संयुक्त राष्ट्र संघका अनुसार १ हजार ६८४ जना घाइते भएका छन् । त्यस्तै रुसी हमलाका कारण युक्रेन छाडेर दोस्रो मुलुकमा जाने शरणार्थीको संख्या ३ लाख ८६ हजार पुगिसकेको छ । 

यता युक्रेनले अहिलेसम्म ४ हजार ३०० रुसी सैनिक मारेको दाबी गरेको छ । त्यस्तै १४६ ट्यांक, २७ विमान तथा २६ हेलिकोप्टरलाई ध्वस्त पारेको पनि युक्रेनको दाबी छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताए । 

टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रुसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताएका थिए । 

दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारीसमेत भएको छ । 

यसैबीच, रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरमा हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्कता रहन निर्देशन दिएका थिए । 

उनले  नेटोको आक्रामक व्यवहारका सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

सर्वसाधारणले समेत हतियार उठाउन थालेका छन् । उता रुसी सेनाले भने बैक तथा डिपार्टमेन्टल स्टोरसमेत लुट्न थालेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ