arrow

रुस युक्रेन-युद्धका पछिल्ला अपडेट : दुवै देशबीच वार्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
russia-ukraine-war-troops.jpg

काठमाडौं । सोमबार अर्थात् आज रुस र युक्रेनबीच बेलारुसी सीमा क्षेत्र नजिक वार्ता हुने तयारी भएको तास समाचार एजेन्सीले जनाएको छ ।

रुससँगको वार्ता हुने भएसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आगामी २४ घण्टा ‘महत्त्वपूर्ण अवधि’ भएको बताएका छन्।

युक्रेनी सेनाले हिजो अर्थात् आइतबार आफूहरूका लागि निकै चुनौतीपूर्ण रहेको र आज समेत रुसी सेनाले सबैतिर गोलाबारी जारी राखेको बताएको छ ।

युक्रेनको स्वास्थ्य मन्त्रालयले रुसको आक्रमणयता १४ बालबालिकासहित ३५२ नागरिक मारिएको जनाएको छ ।

युक्रेन रुसबीच युद्ध जारी रहेकै बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको आणविक सेनालाई उच्च सतर्कतामा राखेका छन् ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी सेना घुसे पनि त्यहाँका गभर्नरले लडाइँपछि सहरमा युक्रेनी सेनाको नै पूर्ण नियन्त्रण रहेको बताएका छन् ।

रुसमाथि प्रतिबन्ध लगाउने मुलुकहरूमा थपिँदै सिंगापुरले  ‘उपयुक्त कडाइ र प्रतिबन्ध’ लगाउने भएको छ । 

यस्तै, दक्षिण कोरियाले रसियामा रणनीतिक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ भने, स्विफ्टमा रुसी बैङ्कहरूलाई प्रतिबन्ध लगाउने पश्चिमी निर्णयमा समेत दक्षिण कोरिया सामेल भएको छ ।

यसबीच बेलारुससमेत युक्रेनमा रुसी आक्रमणमा सामेल हुनसक्ने बताइएको छ । बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्को र पुटिन घनिष्ठ हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ