arrow

युद्ध सङ्कट : डलरसँगको भाउ ३० प्रतिशतले घटेपछि रुसले दोब्बर पार्‍यो ब्याजदर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
russia-central-bank.jpg

काठमाडौं। अमेरिकी डलरसँगको तुलनामा रुसी मुद्रा रुबलको भाउ ३० प्रतिशतले घटेको छ । यससँगै बैङ्क अफ रसियाले रुबलको मूल्यमा पर्ने असरलाई कम गर्न ब्याजदर दोब्बर पारेको छ ।

पश्चिमी राष्ट्रहरूले युक्रेनमाथिको आक्रमणलाई लिएर रुसमाथि नयाँ प्रतिबन्ध लगाएसँगै बैङ्क अफ रसियाले ९.५ प्रतिशतबाट बढाएर ब्याजदर २० प्रतिशत पुगाएको हो ।

केही रुसी बैङ्कहरूलाई स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको प्रयोगमा प्रतिबन्ध लगाएसँगै रुसी मुद्रामा नयाँ कीर्तिमानी गिरावट आएको छ ।

रुस र युक्रेनबीचको बढ्दो तनावले ब्रेन्ट कच्चा तेलको मूल्य समेत प्रति ब्यारेल एक सय डलर भन्दा माथि पुगेको छ ।

युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र अन्य सहयोगीहरूले स्विफ्टबाट धेरै रुसी बैङ्कहरूलाई प्रतिबन्ध गर्ने कदम अहिलेसम्मकै कडा कदमका रूपमा लिइएको छ ।

यस्तै रुसको केन्द्रीय बैङ्कको सम्पत्तिसमेत फ्रिज गरिने भएको छ । यसले विदेशी भण्डारमा रुसी पहुँचको क्षमतालाई सीमित पार्नेछ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई थप अलग्याउने उद्देश्यले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ ।

रुस तेल र ग्यास निर्यातका लागि लागि स्विफ्ट प्रणालीमा निकै निर्भर रहन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ