arrow

कांग्रेस महामन्त्री गगन थापा पोखरा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
gagan23.jpg

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पोखरा आउने भएका छन् । उनी फागुन २० गते पोखरा आउने भएका हुन् । महामन्त्री थापा पार्टीको १४औं महाधिवेशन पश्चात् पहिलो पटक पोखरा आउन लागेका हुन् ।

नेपाली कांग्रेस मादी गाउँपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री थापा प्रमुख अतिथिको रुपमा आउन लागेका हुन् ।

कार्यक्रममा कास्की कांग्रेसका ७२ वटै इकाईबाट अगुवा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका नेताहरु सहभागी हुने नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए । 

कार्यक्रममा पार्टीका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराललगायत जिल्लाका शीर्षस्थ नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।

मुलुकमा एमसीसीको विषयले तातिरहेका बेला महामन्त्री थापा पोखरा आउनुलाई महत्वका साथ हेरिएको छ । 

थापाले एमसीसीका विषयमा भएका भ्रमलाई चिर्ने गरी प्रकाश पार्नेछन् । एमसीसीका विषयमा पार्टीका केन्द्रीय नेताहरुमा एकमत रहे तापनि तल्ला तहका नेता कार्यकर्तालाई पनि बुझाउन नेताहरु लाग्ने नेपाली कांग्रेसले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ