पालिखेचोकमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षे युवकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
70
Shares
पोखरा। कास्कीको पोखरा महानगरपालिका-४ पालिखेचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान करिब २ः३५ बजे ग १६ प २४१४ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्वतको फलेवास नगरपालिका-५ खानिगाउँ निवासी २४ वर्षीय सुमन सुनार गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएकोमा बिहान ३ः०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थलमा पुगेको थियो।
मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल पोखरा-२ मोहरिया टोल बस्ने २२ वर्षीय राहुल सुनार प्रहरी नियन्त्रणमा रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।