arrow

युक्रेनमाथि रुसी आक्रमणको छैटौं दिन, किभ फेरि निशानामा  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
ukraine-attack-russia-2078.jpg
तस्बिर– दुई दिनअघि किभको बाल अस्पतालमा जन्मेका जुम्ल्याहा, बाहिर रुसी सेनाको बमबारी जारी, एपी ।

काठमाडौं । युक्रेनमाथि रुसी हमलाको मंगलबार छैटौं दिन भएको छ । यसबीचमा कुटनीतिक पहल पनि जारी रहेको छ । तर रुस राजी देखिएको छैन । 

रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार अब मात्र २७ किलोमिटर टाढा रहेको छ रुसी सेना किभदेखि । 

यसअघि दोस्रो ठूलो शहर खार्किभमा भएको रुसी हमलामा दर्जनौं सर्वसाधारण मारिएका विवरणहरु सार्वजनिक भएका थिए । 

राजधानीमा खतराको जनाउ दिने साइरन बजेका छन् भने सवसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ । अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले सम्भावित युद्ध अपराधबारे रुसमाथि आफूले छानविन गर्न चाहेको बताएका छन् । 

अहिलेसम्म आक्रमणमा परी १६ बालबालिकासहित ३५२ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ