arrow

दश दिन बढी युद्ध चले रुस कंगाल हुने, फिनल्याण्ड र स्वीडेनमा पनि आक्रमण हुन सक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
russia-ukraine-control.jpg
तस्बिर : बिबिसी

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको मंगलबार छैटौं दिन हो । रुसले युक्रेनलाई नाटोमा जानबाट रोक्नका लागि आक्रमण गरेको हो । तर जुन गतिले रुसी क्षति भइरहेको छ यही गतिमा अगाडि बढ्दै गयो भने रुस छिट्टै कंगाल हुने विश्लेषण गरिएको छ । 

युद्ध १० दिनभन्दा बढी चले रुस कंगालको कित्तामा अगाडि बढ्ने बताइन्छ । इस्टोनियाका पूर्व रक्षामन्त्री रिहो टेरासले यो दाबी गरेका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताका लागि बाध्य हुनुपर्ने पनि टेरासको दाबी छ । तर दैनिक खबौं रुपैयाँ खर्च गरिरहेको छ । 

रुसको मुद्रा रुबलमा १० प्रतिशतसम्म गिरावट आइसकेको छ । यो क्रम अझै जारी रहने बताइन्छ । रुसी सेयर बजार १० फेब्रुअरीपछि ४० प्रतिशतसम्म झरेको छ । 

के भयो रुस–युक्रेन वार्तामा ?
युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

 थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ । 

दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् । 

रुसले फिनल्याण्ड र स्वीडेनमा समेत आक्रमण गर्न सक्ने 
विभिन्न अन्तर्राष्ट्रिय मिडियाले विशेष सूत्रको प्रयोग गर्दै पुटिन युक्रेनमा आक्रामण गरेरमात्र चुप लागेर नबस्ने बताएका छन् । 

पुटिनले छिमेकी राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनमाथि पनि आक्रमण गर्न सक्ने बताइएको छ । 

पुटिन चुप लागेर बस्ने खालको प्रवृत्तिको शासक नभएको विश्लेषणसहित उनले छिमेकी राष्ट्रहरुमा पनि आक्रमण गर्न सक्ने विश्लेषण गरिएको हो । 

अमेरिका र युरोपेली राष्ट्रहरुले विभिन्न आर्थिक प्रतिबन्ध लगाएसँगै रुसी अर्थव्यवस्थालाई थप नोक्सानी भइरहेको छ । 

तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ