arrow

रुसविरुद्ध लड्न जान युक्रेन प्रवेश खुला, पाँच करोड डलर सहयोग गर्दै अष्ट्रेलिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
putin-vlodomie-russia-ukraine-war.PNG

काठमाडौं । युक्रेनले रुसविरुद्ध लड्नका लागि आउन चाहने विदेशी युद्ध स्वयंमसेवका लागि प्रवेश गर्न पाउने व्यवस्था खुला गरेको छ । युक्रेनको रक्षा मन्त्रालयका अनुसार विश्वभरबाट हजारौं नागरिकले रुसविरुद्ध लड्नका युक्रेन आउने भन्दै फारम भरेका छन् ।

मंगलबार अर्थात् आज युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले रुसविरुद्ध लड्न आउन चाहनेका लागि भिसा एवं प्रवेश खुला गरेको बताएका हुन् ।

यसअघि हिजो रुस र युक्रेनी प्रतिनिधिहरुबीच बेलारुसी सीमा क्षेत्रमा वार्ता भएको थियो । तर, थप वार्ता गर्न सकिने बाहेकका कुनै निश्कर्ष सोक्रममा हुन सकेको छैन् ।

यसबीच युक्रेनी सेनाले आफुविरुद्ध रुसले बेलारुसी सेनाको सबैभन्दा प्रशिक्षित सैन्य इकाइहरूलाई आक्रमणका लागि प्रयोग गर्न लागेको जनाएको छ ।

रुसमाथि प्रतिबन्धको कुरामा मास्टरकार्डले युक्रेनमाथिको आक्रमणलाई लिएर आफ्नो भुक्तानी नेटवर्कबाट धेरै रुसी वित्तीय संस्थाहरूमाथि रोक लगाएको छ । अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसको केन्द्रीय बैंकमाथि समेत प्रतिबन्ध लगाएका छन् ।

उता, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसको आक्रमणलाई रोक्न आफ्नो सरकारले युक्रेनलाई ५० मिलियन (पाँच करोड) डलर उपलब्ध गराउने बताएका छन् ।

युक्रेनी स्वास्थ्य मन्त्रालयका अनुसार युद्धका क्रममा त्यहाँ १६ बालबालिका सहित ३५२ जनाको ज्यान गइसकेको छ । संयुक्त राष्ट्र संघका  अनुसार पाँच लाख २० हजार नागरिकले देश छोडेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ