- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसी सेना, हातहतियार, ट्यांक्सलगायतको करिब ६४ किलोमिटर लामो लाइन युक्रेनको राजधानी किभतिर गइरहेको स्याटेलाइटबाट खिचिएका तस्बिरहरुलेले देखाएको छ ।
यसअघि करिब २७ किलोमिटर मात्रै लामो हुनसक्ने भनिएको उक्त लाइन ६४ किलोमिटर (४० माइल)लामो रहेको पाइएको हो ।
यो १७ माइल भन्दा धेरै लामो छ जुन प्रारम्भिक रूपमा आज बिहान रिपोर्ट गरिएको थियो।
म्याक्सर टेक्नोलोजिज कम्पनीको भुउपग्रह (स्याटेलाइट) ले खिचेको तस्बीरमा रुसी सेनाहरु यसरी राजधानी किभमा प्रवेश गरिरहेको देखाएको हो ।
तस्बीरमा देखिए अनुसार सडका केही भागमा केही सवारीसाधनहरू धेरै टाढा हुँदै गुडिरहेका छन् भने, कतै दुई वा तीनवटा सवारीसाधनसँगसँगै गुडिरहेका छन्।
रुसी सेनाले किभ र दोस्रो ठूलो सहर खर्किभलगायतका सहरहरुमा आक्रमण गरिरहे पनि अहिलेसम्म आफुहरुकै नियन्त्रणमा रहेको युक्रेनी सेनाले जनाएको छ ।
कतिपयले केही दिनअघि रुस र बेलारुसले सैन्य अभ्यास गर्ने भन्दै जमा गरेका सेना र हातहतियार अहिले युक्रेनतर्फ आइरहेको अनुमान गरेका छन् ।