arrow

युक्रेनको फ्रिडम स्क्वायरमा रुसद्वारा भयानक विस्फोट (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
ukraine-russia-bisfot.png

काठमाडौं । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रहेको फ्रिडम स्क्वायरमा रुसी आक्रमणले ठूलो विस्फोट गराएको छ । यो आक्रमणले दर्जनौं सर्वसाधारणको ज्यान लिएको युक्रेनी अधिकारीले बताएका छन् ।

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले यो विस्फोटको भिडियो ट्विटरमार्फत सेयर गर्दै रूसलाई पूर्ण रूपमा अलग विश्वबाटै अलग गर्न आग्रह गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नागरिकहरूलाई जानाजानी निशाना बनाइरहेको बताएका छन् । 'रुसी सेनाले खार्किभमा जेट आर्टिलरीबाट क्रूरतापूर्वक गोली हान्यो', जेलेन्स्कीले युक्रेनी जनतालाई राती अबेरमा गरेको सम्बोधनका क्रममा भनेका छन् ।

बेलारुसका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले सरकारी सञ्चारमाध्यमलाई आफ्नो सेनाले युक्रेनमाथिको आक्रमणमा रुसी सेनासँग सामेल नहुने बताएका छन् ।

यसअघि बेलारुसी सेना समेत रुससँग मिलेर युक्रेनमाथि आक्रमण गर्ने तयारीमा रहेको रिपोर्टहरु आएका थिए । यस्तै युक्रेनी सेनाले पाँच दिनसम्मको युद्धमा ५ हजार ७ सय १० रुसी सेना मारिएको दाबी गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ