arrow

गोपालले साझा पार्टी छाडे, रवीन्द्र थप कमजोर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
bibekshil-sajha-party-logo.jpg

काठमाडौं । विवेकशील साझा पार्टीका नेता गोपाल हमालले पार्टी छाडेका छन् । अध्यक्ष रवीन्द्र मिश्रका ठूलो शक्तिका रुपमा चिनिएका हमाल साझाका सुदूरपश्चिम प्रदेश संयोजकका रुपमा रहेका थिए । 

उनलाई रवीन्द्रका ठूलो आड भनेर चिनिन्थ्यो । तर उनले आफू २०७४ सालमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेको र यसपालिको स्थानीय तहको निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्न चाहेको भन्दै फागुन १७ गते मंगलबारदेखि नै पार्टी छाडेको जनाएका छन् । 

हमालको राजीनामाले मिश्र थप कमजोर बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ