arrow

रुसमा संकट : नागरिक भन्छन्- तिर्ने पैसा छैन, मिल्यो भने देश छोड्थेँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
russian-ques.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरबाट रुसमाथि कडा आर्थिक प्रतिबन्धहरु लागेका छन् । यससँगै त्यहाँका नागरिकहरु सामान्य खर्च तिर्नकै लागिसमेत धौंधौंको अवस्थामा पुगेको एक रिपोर्ट बीबीसीले सार्वजनिक गरेको छ ।

बीबीसीका अनुसार कतिपय नागरिकहरुले मेट्रो स्टेसन र खाद्य स्टोरमा सामान किन्नकै लागि समेत पैंसा नभएको बताएका छन् । गुगल पे र एप्पल पेलगायतमा समेत प्रतिबन्ध लागेपछि त्यसबाट पैंसा तिर्न नसकिने अवस्था रहेको छ ।

यस्तै युक्रेनको वित्त क्षेत्रको करिब ८० प्रतिशत हिस्सा रहेका १० बैंकहरुमाथि बेलायत, ईयू, अमेरिका लगायतले प्रतिबन्ध लगाएपछि त्यहाँका नागरिकहरुसमेत संकटमा पुगेका छन् ।

बैंकमा समेत पैसा सकिन लागेको चिन्ताबाबीच केन्द्रीय बैंकले स्थिती सामान्य नै रहेको भन्दै नआत्तिन आग्रह गरेको थियो । तर, नागरिकहरुले भने त्यहाँ न डलर नत रूबल (रुसी मुद्रा) नै भएको बताएका छन् ।

बीबीसीको रिपोर्टमा एक नागरिकले आफ्नो देशको हालत उत्तर कोरिया जस्तै पो हुने होकि भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

सन् २०२२ को सुरुमा ७५ रुबल अर्थात रुसी मुद्राको १ डलर र ८० रुबलको १ युरो थियो । तर, अहिले ११३ रुबलको एक डलर र १२७ रुबलको एक युरो पुगेको छ । रुसी केन्द्रीय बैंकले ब्याजदर दोब्बर पार्दै २० प्रतिशत पुर्याएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बीरहरुले रुसमा एटीएममा र पैसा साटासाट गर्नेहरुको लामो लाइन देखिएका छन् । कतिपय नागरिकहरुले स्थिति अनुकुल भएमा देश नै छोड्ने र यस्तो अवस्था आएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ