arrow

तनहुँमा नेपालकै दोश्रो अग्लो शिव मूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
Shiva.jpg

तनहुँ । महाशिवरात्री पर्वको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका-२ काफ्लेथोकमा १६ फिट अग्लो शिवको मूर्ति प्रतिस्थापन गरिएको छ । 

उक्त मूर्ति महाशिवरात्रीको अवसर पारेर आज प्रतिस्थापन गरिएको हो । उक्त मूर्ति मुलुककै दोस्रो अग्लो भएको दाबी गरिएको छ ।

स्थानीयवासी रमेश काफ्ले र दिनेश काफ्लेले उपलब्ध गराएको पाँच रोपनी क्षेत्रफलमा मूर्ति प्रतिस्थापन गरिएको छ । 

जनहित पीताम्बर सामुदायिक संस्थाले उक्त ठाउँलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले मूर्ति राखेको हो ।

रु १५ लाखको लागतमा मूर्ति निर्माण गरिएको वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ