arrow

रुसले युक्रेनमाथिको आक्रमण झनै भयानक बनायो, यस्तो छ पछिल्लो अपडेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
putin-vlodomie-russia-ukraine-war.PNG

काठमाडौं । रुसले युक्रेनका प्रमुख ठूला शहरहरुमा आक्रमण झनैं बढाएको छ । राजधानी किभमा समेत आक्रमण बढाउँदै रुसले त्यहाँका बासिन्दाहरूलाई भाग्न चेतावनी दिएको छ ।

यस्तै युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा आक्रमणलाई बढाउँदै थप रुसी सेना प्यारासुटबाट ओर्लेका छन् । त्यहाँ ओर्लेसँगै रुसी सेनाले स्थानीय अस्पतालमा आक्रमण गरेको थियो । यद्यपि, त्यहाँ अहिलेसम्म कसैको मृत्यु भएको जानकारी आएको छैन ।

यसअघि हिजो समेत यो शहरमा बम विष्फोट गरेपछि दजर्नाैं नागरिकले ज्यान गुमाएका छन् । अर्काे दक्षिणी शहर खेरसनमा पनि रुसी सेनाले आक्रमण बढाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी विमानका लागि अमेरिकी हवाई क्षेत्र बन्द गरेका छन्, भने भ्लादिमिर पुटिनले लामो समयसम्म यो आक्रमणको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ईयूलाई कीभको सदस्यता अनुमोदन गर्दै आफुसँगै ईयू भएको प्रमाणित गर्न आग्रह गरेका छन् ।

उता बोइङले रुसी एयरलाइन्सलाई पाटपुर्जना, मेन्टेनेन्स र टेक्निकल सुविधा नदिने निर्णय गरेको छ । यस्तै विश्वकै ठूला ढुवानीकर्ता स्विट्जरल्याण्डको डेनिस शिपिंग विशाल मार्स्क (एमएससी) र फ्रान्सको सीएमए सीजीएमले रुसमा ढुवानी नगर्ने भएका छन् ।

संयुक्त राष्ट्र संघले ६ लाख भन्दा बढी युक्रेनीले देश छोडेको जनाएको छ । यसैबीच, रूसको सहयोगी राष्ट्र बेलारुसले युक्रेनको उत्तरी सीमामा आफ्नो सेना दोब्बर बनाएको छ। उत्तरमा रूसी सेनाहरू कीभ नियन्त्रण गर्न निरन्तर प्रयास जारी राखेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ