arrow

रुस–युक्रेन युद्ध आठौं दिनमा

युक्रेन थप ध्वस्त हुँदै, १० लाख युक्रेनीले छोडे देश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
ukraine-keiv-attack-russia.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको बिहीबार आठौं । युक्रेन थप क्षतिग्रस्त हुँदैछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाले युक्रेनको राजधानी किभलाई चारैतिरबाट घेरेको छ । 

किभको रेलवे स्टेशनमा सेनाले मिसाइल आक्रमण गरेको छ । स्टेशनबाट मानिसहरुको उद्दार भइरहँदा मिसाइल आक्रमण भएको हो । 

रुसी सेनाले खर्सोनलाई पनि कब्जामा लिएको छ । रुसी राष्ट्रपतिले लडाइँ जारी रहेको बताएका छन् । 

त्यस्तै संयुक्त राष्ट्रका उच्चायुक्त फिलिपो ग्रान्डीले १० लाख युक्रेनी शरणार्थी पलायन भएको बताएका छन् । युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको  राष्ट्रसंंघले जनाएको हो । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ । 

ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्, ‘बन्दुकहरु बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस् ।’

युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रुपमा विस्थापित हुने र उनीहरुलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।

रुसी आक्रमण भइरहँदा बेलारुस–पोल्याण्डको सीमामा शान्तिका लागि कोसिस जारी छ । उक्त वार्ता दोस्रो चरणको हो । 

यसअघि युक्रेनले रुसको ग्लोबल इन्टरनेटलाई प्रतिबन्ध लगाउन माग गरेको छ । ताकि रुसको झुटको प्रचार रोकियोस् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ