arrow

युक्रेनबाट रफ्तारमा भारतीयको उद्धार, २४ घण्टामा १५ उडान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
indian-ukraine.PNG

काठमाडौं। भारतीय विदेश मन्त्रालयले युक्रेनबाट करिब १७ हजार भारतीय नागरिक बाहिरिइसकेको जनाएको छ । यस्तै पछिल्ला २४ घण्टामा मात्रै उद्वारका लागि १५ उडान तय गरिएको समेत विदेश मन्त्रालयले जनाएको छ ।

रुससँगको युद्धकाबीच युक्रेनबाट भारतीय नागरिकहरूलाई फिर्ता ल्याउन लक्षित अपरेशन गंगाको विशेष ब्रीफिंगमा बोल्दै विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यस्तो जानकारी दिएका हुन् ।

त्यसअघि १५ उडानमार्फत ३ हजार ३ सय ५२ नागरिक भारत फिर्ता भइसकेको उनले बताएका छन् ।

यसबीच युक्रेनमा फसेका भारतीय नागरिकहरूको उद्धार प्रयासको निरीक्षण गर्न भारत सरकारले विशेष दूतको रूपमा नियुक्त गरेका नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले बुधबार रोमानिया र मोल्डोभाका लागि भारतीय राजदूत राहुल श्रीवास्तवसँग छलफल गरेका छन् ।

भारतीय नागरिकको उद्धारका लागि आगामी दिनमा बुखारेस्ट र सुसेभाबाट उडान योजना सम्बन्धी उनले छलफल गरेका हुन् । उनले अपरेशन गंगा पूर्ण गतीमा रहेको भन्दै ट्विटरमार्फत यस्तो जानकारी दिएका हुन् ।

युक्रेनमा करिब २० हजार भारतीय रहेको बताइएको छ । तीमध्ये १७ हजार बाहिरिइसकेका छन्, भने बाँकी केही बाहिरिने क्रममा सीमा र सो क्षेत्रका मुलुकहरुमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ