arrow

मोदी-पुटिनबीच वार्ता, रुसी भूमिबाटै भारतीयको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
Modi-Putin-india-russia.jpg

काठमाडौं । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता भएको छ । युक्रेनको अवस्था र खासगरी खार्किभको अवस्थाको समिक्षा गर्नुका साथै द्धन्द्धग्रस्त क्षेत्रबाट भारतीय नागरिकको उद्धारका बिषयमा दुवै जनाबीच छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसबाहेक मोदीले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँग पनि कुराकानी गरेका छन् । सो क्रममा उनले युक्रेनको बिग्रँदै गएको अवस्था र मानवीय संकटप्रति दुःख व्यक्त गरे। 

वार्ताको क्रममा मोदीले शत्रुता अन्त्य गर्दै वार्तामा फर्कन भारतको अपील दोहोर्याएका छन् । भारतले रुसी भूभाग हुँदै युक्रेनमा फसेका आफ्ना नागरिकको आपतकालीन उद्धारका लागि रुसलाई अनुरोध गरेको भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले समेत बुधबार जानकारी दिएका छन्।

यस्तै मोदीले मङ्गलबार पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडासँग कुराकानी गर्दै युक्रेनबाट भारतीय नागरिकहरूलाई बाहिर निकाल्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ