- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युक्रेनबाट भागेर छिमेकी मुलुकमा प्रवेश गर्न भारतीयलाई मात्रै नभएर पाकिस्तान र टर्कीका विद्यार्थीहरुलाई समेत झण्डाले साथ दिएको छ ।
युक्रेनबाट रोमानियाको बुखारेस्ट सहरमा आएका भारतीय विद्यार्थीहरूले आफूहरूका साथै केही पाकिस्तानी र टर्कीका विद्यार्थीहरूलाई समेत भारतको झण्डा देखाएपछि युद्धग्रस्त देशका विभिन्न चेकपोस्टहरू सुरक्षित रूपमा पार गर्न दिएको बताएका छन् ।
ती विद्यार्थीहरु आफैले भारतीय झण्डाबोकेपछि सजिलै सीमाबाट जान दिन्छ भन्ने सुनेपछि बजार गएर स्प्रे किनेर कपडामै भारतो झण्डा बनाएको बताएका छन् ।
#WATCH | "We were easily given clearance due to the Indian flag; made the flag using a curtain & colour spray...Both Indian flag & Indians were of great help to the Pakistani, Turkish students," said Indians students after their arrival in Bucharest, Romania#UkraineCrisis pic.twitter.com/vag59CcPVf
— ANI (@ANI) March 2, 2022
भारतले युक्रेनबाट भागेर रोमानिया, पोल्याण्डलगायतका देशमा पुगेका नागरिकलाई ल्याउन अपरेशन गंगा नाम दिएर उद्धार अघि बढाएको छ ।
उता पोल्याण्डका विश्वविद्यालयहरूले युक्रेनबाट निकालिएका भारतीय विद्यार्थीहरूलाई पढाइ पूरा गर्न आफ्नो कलेजमा भर्ना दिने भएका छन् ।
सडक यातायात, राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री वीके सिंहले पोल्याण्डको रजस्जोमा रहेको होटल प्रेजेडेन्कीमा ६०० भारतीय विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै पोल्याण्डले कोर्स पूरा गर्न ढोका खुला गर्ने भएको बताएका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्,'पोल्याण्ड र भारतको शताब्दीयौंको मित्रता र सौहार्दपूर्ण सम्बन्धले हाम्रा मानिसहरूलाई एकसाथ ल्याएको छ। म तपाईसँग यो कुरा साझा गर्न पाउँदा खुसी छु कि पोल्याण्डका विश्वविद्यालयहरूले युक्रेनका हाम्रा विद्यार्थीहरूका लागि आफ्नो ढोका खोल्दैछन्। (पढाइ बीचमै छुटेका विद्यार्थीले)आफ्नो पढाइ पूरा गर्न सक्छन। जय हिन्द !'