arrow

रुस–युक्रेन वार्तामा प्रगति, मानवीय उद्धारका लागि दुवै देश सहमत

युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षितरुपमा सार्न रुस र युक्रेन सहतम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
russia-ukraine.PNG

काठमाडौं । रुस र युक्रेनबीच बिहीबार भएको दोस्रो चरणको वार्तामा युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने विषयमा सहमति भएको छ । यस्तै उद्धार चलिरहेको क्षेत्रमा निश्चित समयका लागि युद्धबिरामसमेत गर्न सकिने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ ।

फेब्रुअरी २४ मा रुसले आक्रमण गरेपछि जारी रुस युक्रेन युद्धका क्रममा सयौं नागरिकको ज्यान गइसकेको छ भने हजारौंको संख्यामा मानिसहरु घाइते भएका छन् । युद्धका क्रममा १० लाख नागरिकले युक्रेन छोडेका छन् ।

बिहीबारको यो वार्तालाई केही प्रगतिजनकरुपमा हेरिएको छ । रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले वार्तामा केही प्रगति भएको बताउँदै नागरिकहरूको उद्धार गर्ने बिषयमा साझा सहमति भएको टिप्पणी गरेका छन् ।

यद्यपी, युद्धग्रस्त क्षेबाट मानिसहरुलाई सार्न सुरक्षित करिडोर कहिले स्थापना गर्न सकिन्छ भन्ने बिषयमा भने कुनै कुरा खुलाएका छैनन् ।

रुसी सेनाले युक्रेनको राजधानी किभ र दोस्रो ठूलो सहर खार्किभ लगायत युक्रेनी सहरहरूलाई घेराबन्दी र आक्रमण गर्ने क्रम जारी राखेका बेला बेलारुसमा दुवै देशबीच यस्तो सहमति भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ