arrow

युरोपकाे सबैभन्दा ठूलो 'न्युक्लियर प्लान्ट' मा रुसले गर्‍यो आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
russia-attack-powerplant-nuclear-ukraine.jpg

काठमाडौं । युरोपको सबैभन्दा ठूलो न्युक्लियर प्लान्ट (आणविक उर्जा केन्द्र) जापोरिज्जियामा रुसी सेनाले आक्रमण गरेसँगै आगलागी भएको छ । युक्रेनी अधिकारीहरूले रुसी सेनाले प्लान्टमा गोलाबारी गरिरहेको बताएका हुन् ।

युक्रेनमा खपत हुने कुल उर्जामा करिब एक तिहाई योगदान दिँदै आएको यो प्लान्ट सन् १९८० को दशमा बनेको थियो । 

युरोपको सबैभन्दा ठूलो आणविक उर्जा प्लान्टमा अहिले आगो लागेको छ भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वको ध्यानाकर्षण गराएका छन् ।

रुसी आक्रमणका कारण विश्वका १० सबै भन्दा ठूला न्युक्लियर प्लान्टभित्र पर्ने जापोरिज्जिया प्लान्टका ६ रिएक्टरमध्ये एकमा आगलागी भएको छ । बेलायत, क्यानडालगायतका मुलुकले यो बिषयलाई लिएर रुसको आलोचना गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले गोलाबारीको रिपोर्टमा युक्रेनी अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएको छ भने, न्युक्लियर प्लान्टको महत्वपूर्ण भागमा क्षति नभएको जनाएको छ ।

यो समाचार तयार पार्दा बीबीसीका अनुसार युक्रेनी अधिकारीहरुले आणविक उर्जा केन्द्रमा आगो निभाउन सफल भएका बताएका छन् । अमेरिकी उर्जा सचिव जेनिफर ग्रानहोमले जापोरिज्जिया प्लान्टमा भएको आगलागीको बारेमा युक्रेनका उर्जा मन्त्रीसँग कुरा गरे र अमेरिकी आणविक घटना प्रतिक्रिया टोलीलाई सक्रिय गर्ने निर्णय गरे।

यस्तै पछिल्ला अपडेटमा अमेरिका र बेलायतले रुसका कुलीन वर्गलाई लक्षित गर्दै थप प्रतिबन्धहरू अघि सारेको छ ।

अमेरिका र ईयू युक्रेनबाट भागेका शरणार्थीहरूलाई अस्थायी आवास उपलब्ध गराउन सहमत भएका छन् ।

कम्प्यूटर चिप निर्माता इंटेलले रूस र बेलारुसका ग्राहकहरूलाई सबै ढुवानी रोक्ने भएको छ।

उता, एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवालाई लक्षित गरेर आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। उनले यसबाट बच्न एन्टेनालाई छोपेर राख्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ