arrow

रुसद्वारा बीबीसी, भ्वाइस अफ अमेरिका लगायतका समाचार वेबसाइट प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
bbc-outin-ukraine.jpg

काठमाडौं । रुसले बीबीसी, ड्युच वेलेलगायतका विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाका वेबसाइटको पहुँचमाथि प्रतिबन्ध लगाएको छ युक्रेनमाथिको आक्रमणलाई लिएर झुटो जानकारी प्रकाशित गरेको भन्दै रुसले यस्तो कदम चालेको हो ।

रुसले लामो समयदेखि पश्चिमा सञ्चारमाध्यमहरुलाई रुसविरोधी भावना फैलाउने गरेको आरोप लगाउँदै आएको छ । इराकयुद्ध र भ्रष्टाचार लगायतका बिषयमा आफ्ना लिडरहरुलाई नै जिम्मेवार ठहरर्याउन पश्चिमा मिडियामाथि रुसी गुनासो छ ।

रुसको सञ्चार वाचडगले बीबीसी, भ्वाइस अफ अमेरिका, रेडियो फ्रि युरोप/रेडियो लिब्रटी, ड्युच वेलेलगायतका अन्य मिडियाका वेबसाइटहरु ब्लक गरेको बताएको हो । 

'विदेशीहरूको स्वामित्वमा रहेका धेरै सूचना स्रोतहरूको पहुँचमा प्रतिबन्धित गरिएको छ', रोस्कोमनाडजोर नामक रुसी वाचडगले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

'रूसी संघको इलाकामा यी सूचना स्रोतहरूमा पहुँच प्रतिबन्धित गर्ने आधार तिनीहरूको जानाजानी र व्यवस्थित रूपमा गलत जानकारी भएको सामग्रीको प्रशारण गरिएको थियो', विज्ञप्तिमा अघि लेखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ