कृषि विकास बैंक कर्मचारी संघ गण्डकीको संयोजकमा सन्तोष थापा
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
905
Shares
पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको संयोजकमा सन्तोष थापा निर्वाचित भएका छन् । संघको शनिबार पोखरामा सम्पन्न भेलाबाट थापा संयोजकमा सर्वसम्मत निर्वाचित भएका हुन् । संघको सहसंयोजकमा सुमन सुवेदी निर्वाचित भए ।
यस्तै, कार्यसमिति सदस्यहरुमा डोलराज गैह्रे, भीम बहादुर थापा, सन्दीप अधिकारी, कुशल तिवारी, संगीता पहारी, यामप्रसाद भुषाल, शर्मीला गौतम, रामचन्द्र अधिकारी, सरस्वती पाण्डे र सुनिल ढेवाजु छन् ।
भेलाको उद्घाटन गर्दैए कृषि विकास बैंक कर्मचारी संघ नेपालका केन्द्रीय संयोजक लिला जिसीले पेशागत हकहितका लागि संघका कर्मचारी गोलबद्ध हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा बैंकका गण्डकी प्रदेश निर्देशक घनेन्द्र अधिकारी, सचिवालय सदस्य नरहरि प्रसाद दुलाल, पेशगत महासंघ केन्द्रीय सदस्य तथा संघका सल्लाहकार महेश प्रसाद पौडेल, पूर्व कर्मचारीहरु टेकराज तिमल्सिना, झलक बहादुर भण्डारी, रत्नबहादुर महत, बैंकका कर्मचारी हिमलाल श्रेष्ठ र ऋषिराम रेग्मी लगायतले बोलेका थिए ।