arrow

पुटिनले गरे युक्रेनमा युद्धविराम स्थगित, फेरि आक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
putin-vlodomie-russia-ukraine-war.PNG
तस्बिर– फाइल

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई शहरमा गरेको युद्धविराम स्थगित गरेका छन् । अब फेरि रुसले हवाइ तथा जमीनबाट आक्रमण गर्नेछ । रुसी सेनाले युद्धविराम गरेको युक्रेनी शहर मारिओपोलमा पुनः गोलाबारी र बम हमला भएको छ । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो शहरमा अस्थायी युद्धविराम घोषणा गरेको थियो । 

रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । 

‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहरु खसालिरहेका छन् ’ उनको भनाइ उधृत गर्दै समाचार संस्था एपीले जनाएको छ । 

आज रुसी आक्रमणको ११ औं दिन हो । अहिलेसम्म रुसले युक्रेनका मुख्य सबै शहरहरु ध्वस्त बनाइसकेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार डेढ लाख रुसी सैनिकले युक्रेनको राजधानी किभलाई घेरेका छन् । 

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले देशबासीका नाममा सम्बोधन गर्दै आफूहरु देश रक्षाका लागि लडिरहने र कसैसँग नझुक्ने बताएका छन् ।

उनका अनुसार रुसविरुद्ध लड्नका लागि विगत १० दिनमा एक लाख भन्दा बढी युक्रेनी नागरिक सेनामा सामेल भइसकेका छन् । 

उनले अमेरिकी कंग्रेससँग धेरै भन्दा धेरै हतियारको माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ