arrow

युक्रेनले अमेरिकालाई भन्यो - हामीलाई 'लडाकु विमान र एयर डिफेन्स सिस्टम' चाहियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
blinken-kuleba-ukraine-usa.jpg

काठमाडौं। रुसले युक्रेनमा गरेको आक्रमण ११ औं दिनमा आइपुग्दा युक्रेनका विदेशमन्त्रीले आफ्नो देशलाई लडाकु विमान र एयर डिफेन्स सिस्टम (हवाई प्रतिरक्षा प्रणाली) को आवश्यकता रहेको बताएका छन् ।

युक्रेनका विदेशमन्त्रीले अमेरिकी समकक्षीसँग आमनेसामने बैठकमा बोल्दै आफ्नो देशलाई लडाकु विमान र हवाई रक्षा प्रणाली चाहिएको बताएका हुन् । यस्तै उनले युक्रेनमा नो-फ्लाई जोन लागू गर्न नाटोको अस्वीकारलाई कमजोरीको सङ्केत भनेका छन् ।

'यो कुनै गोप्य कुरा हैन कि हामीलाई लडाकु विमान, आक्रमण विमान र वायुरक्षा प्रणालीको सबैभन्दा बढी खाँचो छ', दिमित्रो कुलेबाले युक्रेन-पोल्याण्ड सीमामा भएको वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भने ।

अस्थायी युद्धविरामको उल्लङ्घन गर्दै मस्कोले मारिउपोलमा पुनः आक्रमण शुरु गरेपछि युक्रेनले यस्तो माग राखेको हो । रुस र युक्रेनले एकअर्काेलाई आरोप लगाउँदै अस्थायी युद्धविराम उल्लङ्घन गरेसँगै रुसले रणनीतिक बन्दरगाह सहर मारिउपोलमा पुनः आक्रमण शुरु गरेको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले पहिले देखि नै खराब स्थितीमा रहेको विश्वको अर्थतन्त्र युक्रेन युद्धले झनै विनाशकारी बनाउने चेतावनी दिएको छ ।

यस्तै, युद्ध सुरु भएयता संयुक्त राष्ट्रसंघका अनुसार १२ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेर छिमेकी मुलुकमा पुगेका छन् । रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण शुरु गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ