arrow

'युक्रेनको भविष्यलाई लिएर पुटिनले दिए चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
putin-vlodomie-russia-ukraine-war.PNG

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको भविष्यलाई लिएर चेतावनी दिएका छन् । विगत ११ दिनयता रुसी सेनाले युक्रेनमाथि जारी राखेको आक्रमणविरुद्ध युक्रेन डटेर लडेको छ ।

युद्ध रोक्नका लागि दुवै देशका प्रतिनिधिमण्डलहरुबीच वार्ता भए पनि ठोस टुंगो लागेको छैन । यस्तो अवस्थामा रुसी राष्ट्रपति पुटिनले युक्रेन आफैले आफ्नो राज्यसत्ता खतरामा पारेको भन्दै चेतावनी दिएका हुन् । रूसी एयरलाइन्स एरोफ्लोटका उडान परिचारकहरूसँगको भेटका क्रमममा पुटिनले यस्तो चेतावनी दिएका हुन् ।

'उनीहरूले जे गरिरहेका छन् त्यसलाई निरन्तरता दिए भने उनीहरूले युक्रेनी राज्यको भविष्यमाथि प्रश्न उठाइरहेका छन्,' पुटिनले भनेका छन् ।

'र यदि त्यसो भयो भने, यो पूर्णतया उनीहरूकै विवेकको कारणले हुनेछ,' पुटिनले थपे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ