arrow

पूर्व प्रधानपञ्च गुरुङको निधनमा शोक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
pokhara-bazar-city.jpg

पोखरा । पोखरा महानगरपालिकाले फागुन २३ गते सोमबारका लागि बिदा दिएको छ । पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश गुरुङको निधनमा शोक बिदा दिएको हो । 

महानगरका प्रवक्ता एवं पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले शोक विज्ञप्ति जारी गर्दै भोलि बिदा दिएको उल्लेख छ ।

भोलि महानगर कार्यपालिकाको कार्यालय र यस अन्तर्गतका कार्यालयहरू बन्द रहने विज्ञप्तिमा उल्लेख छ । 

पूर्व प्रधानपञ्च गणेश गुरुङको आज बिहान काठमाडौंमा निधन भएको थियो । गुरुङको निधनप्रति महानगरपालिका कार्यालयले दुःख व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ