arrow

रुस–युक्रेन आक्रमण १२ औं दिनमा, नझुके नामनिशान मेटाइदिने  पुटिनको धम्की 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
putin-vlodomie-russia-ukraine-war.PNG
तस्बिर– फाइल

काठमाडौं । युक्रेनमाथि रुसले आक्रमण थालेको सोमबार १२ औं दिन हो । अहिलेसम्म युक्रेनका सबैजसो शहरहरु ध्वस्त भएका छन् । गत २४ फेब्रुअरीदेखि जारी लडाइँमा राजधानी किभ, खार्किबसमेत थुप्रै शहरमा रुसी आक्रमण जारी छ । 

अहिलेसम्म १५ लाख युक्रेनीहरुले देश छाडेर विदेशमा शरण लिन पुगेका छन् । सबैभन्दा बढी पोल्याण्डमा गएका छन् । त्यहाँ करिब आठ लाख युक्रेनी शरणार्थी पुगेको बताइएको छ । 

रुसमाथि पनि अन्य देशहरुको प्रतिबन्ध बढ्दै गएको छ । जसका कारण रुसका कयौं शहरहरुमा मानिसहरुलाई खाने समस्या हुन थालेको छ । त्यहाँ बजार ब्ल्याकमा चल्न थालेको छ । मस्को सरकारले खुद्रा पसलका लागि सीमिति गरिदिएको छ । 

खानाको समस्या हुने देखेरै मानिसहरुले अत्यधिक मात्रामा खाद्य सामग्री थुपार्न थालेका छन् । 

रुसले दशौं दिन युक्रेनका केही शहरमा युद्धविरामको घोषणा गरेको भए पनि केही घण्टामै त्यसलाई तोडेको थियो । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि युक्रेन नझुक्ने हो भने उसको नामनिशान मेटाइदिने धम्कीसमेत दिएका छन् । तर जवाफमा युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले भने स्वतन्त्रताका लागि लड्ने र कसैसँग नझुक्ने प्रतिक्रिया दिएका छन् । 

जेलेन्स्कीका अनुसार रुसी मिसाइलले भिनिस्तिसियाको एयरपोर्ट ध्वस्त पारेको छ । त्यस्तै ग्यास ट्रासमिसन सिष्टमका १६ ग्यास सप्लाइ स्टेशन पनि बन्द गरिदिएको छ । 

तेस्रो न्यूक्लियर प्लान्टतर्फ रुसी सेना अगाडि बढिरहेको युक्रेनी दाबी छ । 

१२ औं दिनसम्म आइपुग्दा युक्रेनले पनि आफूलाई मजबुद बनाएको दाबी गरेको छ । एक लाखभन्दा बढी युक्रेनी नागरिक सेनामा भर्ना भएका छन् । सबैलाई शुरुआती तालिम दिएर मोर्चामा खटाइएको छ । 

युक्रेनले रुसका ८८ विमान ध्वस्त पार्नुका साथै ११ हजार भन्दा बढी रुसी सैनिक मारेको दाबीसमेत गरेको छ । तर रुसले भने ४९८ रुसी सेना मारिएको दाबी गरेको छ । 

वार्ताको प्रयास भने जारी रहेको छ । अहिलेसम्मका दुई वटा वार्ता सफल हुन सकेका छैनन् । आज तेस्रो चरणको वार्ता हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ