arrow

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन २३ सोमबार
chinese-foreign-minister-wang-yis.jpg

बेइजिङ । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका छन्।

चीन र संयुक्त राज्य अमेरिकाले "प्रतिस्पर्धी-सहयोगी-विपरीत" (त्रिआयामिक) पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत-जीत सह-अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।

विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनियामा दुई देशहरूले कसरी अगाडि बढ्ने भन्ने सही बाटो पत्ता लगाउनुपर्ने र एकसाथ मिलेर मानवताका लागि काम गर्नेमा जोड दिएका छन् ।



नयाँ