arrow

युद्धकाबीच युक्रेन राष्ट्रपतिसँग मोदीको फोनवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
modi-zelensky.PNG

काठमाडौं। रुसले आक्रमण गरेपछि युद्धग्रस्त युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनवार्ता गरेका छन् । रुसले आक्रमण गरेयता मोदीले दोस्रो पटक सोमबार जेलेन्स्कीसँग फोनवार्ता गरेका हुन् ।

'प्रधानमन्त्रीले युक्रेनबाट २०,००० भन्दा बढी भारतीय नागरिकहरूलाई बाहिर निकाल्न सहयोग गरेकोमा युक्रेनी अधिकारीहरूलाई धन्यवाद दिए। उनले युक्रेनमा रहेका भारतीय विद्यार्थीहरूको सुरक्षाको लागि गहिरो चिन्ता व्यक्त गरे र उनीहरूको छिटो र सुरक्षित उद्धारको आवश्यकतालाई जोड दिए,' प्रधानमन्त्री कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

रुसी सीमा नजिक रहेको उत्तर पूर्वी युक्रेनी सहर सुमीमा फसेका कम्तीमा ७०० विद्यार्थीलाई बाहिर निकाल्ने भारत सरकारको प्रयासको बीचमा मोदीले जेलेन्स्कीसँग फोनवार्ता गरेका हुन् ।

फोनवार्ताका क्रममा, मोदीले 'हिंसाको तत्काल अन्त्य'को लागी आह्वान गरेका छन् । यस्तै उनले  'भारत जहिले पनि समस्याहरूको शान्तिपूर्ण समाधान र दुई पक्षहरू बीचको सीधा वार्ताको पक्षमा उभिएको' बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ