arrow

रुसले युक्रेनमाथि आक्रमण गरेकै बेला चिनियाँ आँखा ताइवानमाथि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
china-taiwan.jpg

काठमाडौं । लामो समयदेखि चीनले ताइवानलाई चाँडो ढिलो कब्जा गर्ने अभिव्यक्ति दिँदै आएको छ । यसबीच अहिले रुसले युक्रेनमाथिको गरेको आक्रमणलाई बिश्लेषकहरुले चीनले ताइवानमाथि लिनसक्ने सम्भावित कदमका रुपमा समेत व्याख्या गर्न थालेका छन् ।

यसबीच बेइजिङले ताइवानप्रतिको आफ्नो रणनीतिको मूल्याङ्कन गर्न युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको ताइवानका विदेशमन्त्री जोसेफ वुलेले  बताएका छन्।

'हामी युक्रेनमा विकसित घटनाहरू हेरिरहेका बेला चीनले ताइवानलाई के गर्न सक्छ भनेर पनि ध्यानपूर्वक हेरिरहेका छौं,' वुले सोमबार एक पत्रकार सम्मेलनमा भनेका छन् ।

'चिनियाँ नेताहरुले पनि यो घटनाक्रम हेरिरहेको र आफ्नो निष्कर्षसहित (ताइवानमाथि आक्रमण गर्न) आउने प्रयास गरिरहेका छन्,' उनले भनेका छन् ।

'चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको वरिपरि सैन्य निर्माण सहित चिनियाँ राष्ट्रलाई नयाँ ढाँचा दिने बिषयमा समेत बोलेको' वुले बताएका छन् ।

कतिपय बिश्लेषकहरुले युक्रेनमाथिको आक्रमणविरुद्ध पश्चिमा शक्तिहरुबाट कमजोर प्रतिक्रिया आएको र यसले चीनलाई थप उर्जा प्रदान गर्नसक्ने टिप्पणी समेत गरिरहेका छन् । 

रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । अहिले त्यहाँका थुप्रै सहरहरुमा रुसी सेनाले आक्रमण र कब्जा प्रयास जारी राखेको छ ।

चीनले पनि लामो समयदेखि ताइवान आफ्नो छुट्टिएको प्रान्त भन्दै सम्भवत सन् २०३० भित्रै आफैमा गाँभ्ने अभिव्यक्ती दिँदै आएको छ । आफुलाई एक स्वोतन्त्र राष्ट्र मान्ने ताइवान र ताइवानी जनताले चीनको यो अभिव्यक्तीको विरोध गर्दै आएका छन् ।

चीनले ताइवानलाई धम्क्याउने र उसको वायुरक्षा क्षेत्रमा आफ्ना लडाकुविमानहरु उडाउने जस्ता गतिविधिहरु समेत निरन्तर गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ