arrow

आफ्नै साथीलाई गोली हान्ने रुपेश समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
rupesh-gun.JPG

धनुषा । धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुर बस्ने २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

यादवले शनिवार आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियाको घाँटी भागमा गोली हानेर फरार भएका थिए । मुखिया धनुषाको कमला नगरपालिका वडा नम्बर ८ घर भई हाल मामा घरमा बस्दै आएका छन्।

धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले आफ्नो साथमा बोकेर ल्याएको पेस्तोल निकाली मुकेशलाई गोली प्रहार गरेका हुन्  ।

प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल तथा संलग्न व्यक्तिलाई खोज तलास गर्ने क्रममा आइतबार बिहान घटनास्थल भन्दा ६०/७० मिटरको दुरीमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित जगदीश साहको खाली खेतमा सो वारदातमा प्रयोग भएको म्याग्जीन नभएको अटोमेटिक पेस्तोल फेला परेको छ ।

घटनामा संलग्न रुपेशको खोज तलास गर्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–४ स्थित नेपाल भारतको सीमा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको उपरीक्षक रजौरे जानकारी दिए ।

रुपेशले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेका छन् ।  पक्राउ परेको रुपेशमाथि ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्दा शीर्षकमा म्याद थप गरि थप अनुसन्धान भइरहेको छ । गोली लागि गम्भीर घाइते भएका मुकेश मुखियाको हाल काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उपरीक्षक रजौरे बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ