arrow

डिसहोमले ‘रगतका कथाहरू’ शीर्षकमा सिरिज बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
dish-home-ragatka-kathaharu.jpg

काठमाडौँ। आफ्ना ग्राहकहरूको लागि आफ्नै एस्क्लुसिभ  च्यानलहरूमार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरू निर्माण तथा प्रसारण गर्दै आएको डिसहोमले ‘रगतका कथाहरू’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ।

यो सिरिजको पहिलो सिजनमा १३ शृङ्खलाहरू हुनेछन् र प्रत्येक शृङ्खलामा फरक फरक कथावस्तु समेटिने छन्। डिस मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस शृङ्खलाको सम्झौता पत्रमा डिस मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र लेखक–निर्देशक किरण बिकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

‘हामी अलि फरक तरिकाको कथाहरू टिभीका दर्शकलाई दिन चाहन्थ्यौँ त्यसै बेला किरणजी केही फरक कथा छन् भन्दै आउनु भयो। पटक पटकको छलफल र पहिलो एपिसोड हेरेपछि हामीले खोजे जस्तै फरक खालको कन्टेन्ट बन्ने भएपछि डिसहोम दृश्यालय सिनेमासँग सहकार्य गर्न तयार भएको हो’, प्रबन्ध निर्देशक आचार्यले भने।

यो सिरिज देशका विभिन्न ठाउँमा छायाङ्कन हुने बताइएको छ। निर्देशक बिक भन्छन्, ‘समाजमा नभनिएका, लुकाइएका र भन्न पनि अप्ठ्यारा लाग्ने लभ सेक्स एण्ड रिलेसनका हार्डकोर कथाहरू हामी दर्शकहरूलाई देखाउनेछौँ, नेपाली टिभीका दर्शकहरूलाई यो शृङ्खलाले केही भिन्न स्वाद दिने विश्वास लिएको छु।’

यस सिरिजमा युबिना भट्टराई, सहारा कोइराला, राजकुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन्।

स्क्रिन प्ले सावित्री रसाइली र समानता गौतमको हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ