arrow

अछाम कांग्रेस सभापतिमा शाह 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
puspa-bahadur-shah-assam-president-congress.jpg

अछाम । पुष्पबहादुर शाह नेपाली कांग्रेस अछामको सभापति बन्न सफल भएका छन् । सोमबार भएको निर्वाचनको दोस्रो चरणमा प्रतिस्पर्धी भरतकुमार स्वारलाई हराउँदै शाह विजयी भएका हुन् । 

कुल १ हजार ४ सय ९७ मत खसेकामा सभापतिका उम्मेदवार पुष्प शाहले ७ सय ७९ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी निर्वतमान सभापति स्वारले ७ सय ११ मत प्राप्त गरे । ७ मत बदर भएको थियो । 

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो । बिहान ८ बजेबाट मतदान भएकामा ४ बजे सकिएको थियो । 

५ बजेबाट मतगणना शुरू गरिएको थियो । अन्य पदाधिकारीहरुको पनि मतगणना हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ