arrow

रुस बन्यो विश्वको सबैभन्दा बढी प्रतिबन्धित राष्ट्र, साढे पाँच हजार बढी प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
putin4.jpg

काठमाडौं । युक्रेनमाथि आक्रमण गरेसँगै रुस विश्वको सबै भन्दा बढी प्रतिबन्धित राष्ट्र बनेको छ । रुसले प्रतिबन्ध लागेका राष्ट्रमा इरान र उत्तर कोरियालाईसमेत उछिनेको छ ।

संयुक्त राज्य अमेरिका र युरोपेली राष्ट्रहरूको नेतृत्वमा रुसमाथि २ हजार ७ सय ७८ नयाँ प्रतिबन्ध लागेका छन् । विश्वव्यापी प्रतिबन्ध ट्र्याकिङ गर्ने डाटाबेस क्यासटेलम डट एआईका अनुसार नयाँ थपिएका प्रतिबन्धसहित रुसमाथि कुल ५ हजार ५ सय ३ नयाँ प्रतिबन्ध लागेका छन् ।

इरानले यसअघि ३ हजार ६ सय १६ प्रतिबन्धको सामना गरेको थियो । जबकि सिरिया र उत्तर कोरियामाथि क्रमशः २,६०८ र २,०७७ प्रतिबन्धहरू छन् ।

रुसको केन्द्रीय बैंकमाथि प्रतिबन्ध, प्रमुख रुसी वित्तिय संस्थामाथि प्रतिबन्ध एवं स्विफ्ट अन्तर्राष्ट्रिय प्रणालीबाट रुसी बैंकहरु हटाइएको छ । यीलगायत अन्य कयौं प्रतिबन्धहरु रुसमाथि लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ